सोमबार , फागुण १७, २०७७

बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण

बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण

२१ माघ,बागलुङ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ ।

बागलुङ घर भई हाल हङकङमा रहेका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँचरपाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विद्यालयमै पुगी नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापाले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका थिए । रु ६० हजार बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको छ ।

विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एकरएक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।

विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको थियो । बाढीले सो विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय