आइतबार , फागुण २३, २०७७

सेनाको सहयोगमा पर्वतमा खानेपानी योजना सम्पन्न

सेनाको सहयोगमा पर्वतमा खानेपानी योजना सम्पन्न

 

२१ माघ,पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुङ्गाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् । खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुईवटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकामा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई राहतको महसुस भएको स्थानीयवासी बताउछन् ।

कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्तरूपमा शुभारम्भ गरेका थिए ।

उक्त आयोजनाबाट मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा गाउँका २२ परिवारसहित एक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने भएका छन् । समुदायको मागबमोजिम नेपाली सेना र समुदायको सक्रियतासँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय