बजारमा आफूखुशी डण्डीको मूल्य राख्दै व्यवसायी
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २१:२१:१९
२१ माघ,काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार÷चार मूल्य घटाएका हुन् ।
लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ भ्याट बाहेक लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको हो ।
हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक÷फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो ।
विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनमसमेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए । हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।
पछिल्लो समय विभागले उपभोक्ताले मूल्य बढेको भन्दै धेरै गुनासो गरेका डण्डी, सिमेन्ट, खाने तेल तथा औषधिजन्य क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसअघि विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित दुई उद्योगलाई कारवाही गरेको थियो ।
बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि अन्नपूर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार