थाल ठटाएर विरोध गर्दा फेसबुक बन्द !
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १४:४७:४१
२२ माघ, एजेन्सी । सेनाले सत्ता हातमा लिएको म्यानमारमा फेसबुक बन्द भएको छ । बुधबार बेलूकी थाल ठटाएर म्यानमारका नागरिकले सैनिक ‘कू’को विरोध गरेका थिए । थाल ठटाउँदै गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सेनाले फेसबुक बन्द गराएको हो ।
फेसबुकमार्फत सैनिक ‘कू’ को विरोध बढेपछि त्यसलाई रोक्न फेसबुक बन्द गराइएको म्यानमारबाट नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् । फेसबुक बन्द भएको जानकारी गराउँदै उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो फेसबुक बन्द भयो। ट्विटर कहिलेसम्म चल्छ थाहा छैन।’
फेसबुकमार्फत ‘कू’ को विरोध गर्न थालेपछि त्यहाँको सैनिक सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई फेसबुक बन्द गर्न निर्देशन दिएको थियो । गएको सोमबार म्यानमार सेनाले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेता कार्यकर्तालाई पक्राउ गरेर एक वर्षे संकटकाल घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार