कांग्रेसकाे नेतृत्वदायी भुमिकामा देखिँदै डा. शेखर
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १८:३५:३२
२२ माघ, काठमाडौं । डा. शेखर कोईरालाको सादगीपुर्ण राजनीति र जनताका समस्याप्रतिको चिन्ता, लोकतन्त्रका पक्षमा उनले लिएका अडानहरु, जनताका घरदैलोमा पुगेर उनले दिने गरेका साथ, सहयोग र समपण, सहयोग र सहानुभूतिका शब्दहरुले कोईरालाप्रति नेपाली जनताको आस्था, भरोसा र विश्वास दिनानुदिन बढदै गैरहेको छ ।
नेपाली कांग्रेसको ढुलमुले राजनीतिक चरित्रलाई कोइरालाको दृढ राजनीतिक अडानले सही बाटो मात्रै देखाईरहेको छैन, देश विकासका भावी योजनाहरु समेत पस्किरहेको छ ।
निरन्तरको प्रयासले पानीले समेत ढुङ्गा काटन सक्ने यथार्थतालाई कोइरालाको वर्तमान राजनीतिक क्रियाकलापले पुष्टि गरिरहेको छ । लामो समयसम्म अभिभावकबिहिन बनेको नेपाली कांग्रेस अहिले कोइरालाको छहारीमा पुनः जुरमुराउनु थालेको छ । राजनीतिमा देखिएको निरन्तरको निष्ठा, समर्पण र आस्थाले उनीप्रति नेपालीहरुको विश्वासमा बढोत्तरी हुँदै गैरहेको छ ।
व्यक्तिगत स्वार्थ र पदलोलुपताबाट माथि उठेर गरिएका उनका राजनीतिक अडान र दुरगामी भनाईहरुले अबको नेपाली कांग्रेसकाे नेतृत्व कोइरालाको काँधमा आउने देखिदैछ । अहिले उनी जता गयो, उतै नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ ।
देशमा देखिएको कम्युनिस्टको नाङ्गो नाँच हेर्न नसकेर मोरङको बुढीगंगा गाउँपालिका–१ का करिब ३ दर्जन पूर्व एमालेका कार्यकर्ता, पूर्व प्रहरी, पूर्व सैनिकहरू कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । लोकतन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा नेपाली कांग्रेस भन्दा विश्वासयोग्य पार्टी अर्को नदेखिएकोले आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उनीहरुको भनाई छ ।
लोकतन्त्रको मर्ममा प्रहार हुन थालेपछि आफुहरु लोकतन्त्रको पक्षमा उभिन बाध्य भएको बताउने नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई कोइरालाले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै लोकतन्त्रको पक्षमा दर्बिलो खम्बा भएर उभिन आग्रह समेत गरेका छन् । नेपाली कांग्रेसको आदर्श र सिद्धान्त मन पराएर कांग्रेसको चारतारे झण्डा मुनि गोलबद्ध हुन आएका नवप्रवेशी साथीहरुलाई कांग्रेसका प्रभावशाली नेता कोइरालाले कांग्रेस पार्टीको चारतारे झण्डा प्रदान गर्दै स्वागत गरेका थिए ।
पार्टीका गतिविधिहरुमा हुने कार्यक्रमहरुमा खादा, फुल र माला लगायतका बिषयहरुलाई निरन्तर निरुत्साहित गर्दै आएका कोईराला बिना खादा र माला सामान्य अवस्थामा उपस्थित भएका थिए । कोईरालाले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुलाई व्यक्तिगत गुटबन्दी र भागबण्डा छाडेर पार्टी एकतामा लाग्न अनुरोध गरे ।
गुटगत राजनीतिक अभ्यासले नेपाली कांग्रेसलाई सधैं घाटा पुर्याईरहेको बताउँदै कोईरालाले नवप्रवेशी साथीहरु र आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई कुनै पनि गुट र समूहको पछाडि नलागी सिंगो नेपाली कांग्रेस, लोकतन्त्र र राष्ट्रियताका पक्षमा दृढ भएर उभिन आग्रह गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले भनेः– ‘संसद पुनःस्थापना नभएसम्म कांग्रेसले सडक छोड्नु हुँदैन,’ काङ्ग्रेस आफैमा पुर्ण र सशक्त नेतृत्वदायी भूमिकामा रहेको पार्टी हो । लोकतन्त्रको पक्षमा वर्तमान कम्यूनिष्टहरु कहिल्यै पनि ईमान्दार हुन नसक्ने आफ्नो बुझाई रहेको बताउँदै उनले वर्तमान ओली नेतृत्वको सरकारको गैर लोकतान्त्रिक कदमका बिरुद्धमा लडन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरे ।
नेपाली कांग्रेसलाई क्षणिक फाईदा हेरेर कसैसँग पनि सहकार्य र कुम जोडेर जानु पर्ने आवश्यकता नरहेको बताउँदै कोईरालाले वर्तमान संविधान जोगाउने काममा नेपाली कांग्रेसले कसैसँग कुनै पनि प्रकारको सम्झौता नगर्ने कुराको विश्वास समेत दिलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार