नयाँ जनादेश अपरिहार्य भएको ऊर्जामन्त्रीको तर्क
नेपालबहस संवाददाता
माघ २२, २०७७ शुक्रबार १:१:४६
२२ माघ, पर्वत । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरेका छन् ।
कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रशारण करिडोरको सवस्टेशन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए । उनले नेपालमा २० वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठुलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गरे । उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाई, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीलगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विगठन गर्नुपरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
कति छ नरेन्द्र मोदीको सम्पत्ति ?
जेठ २, २०८१ बुधबार
भरतपुरको छ लेन सडक निर्माण ८५ प्रतिशत सम्पन्न
जेठ २, २०८१ बुधबार
निर्वाचन आयोगविरुद्ध दायर रिट न्यायाधीश विनोद शर्माको इजलासमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार