पहाडी क्षेत्रमा लोप हुँदै फापर, जुनेलो
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १७:४८:४२
२३ माघ,उदयपुर । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् ।
कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा र सेतो गुदी हुने गेँडा हुने अन्नलाई फापर भनिन्छ । फापर रोटी वा खाद्यान्नमा प्रयोग गरिन्छ । खासगरी मधुमेह रोगी र वर्त लिएको मानिसले शुद्ध खानाको रुपमा प्रयोग गरिने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा ब्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् ।
रौता रामेटारमा विगत वर्षहरूमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन हुन्थ्यो । अहिले जुनेलो खेती कृषकले गर्न छाडेको रामेटारका कृषकहरु बताउछन् । विगतमा गाउँका एक कृषकले पाँच, सातमुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक रु २० हजारभन्दा बढीको जुनेलो बिक्री गर्ने गर्दथ्र्ये ।
घरपरिवारमा बिहान बेलुकी खाजाको रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खान जुनेलो पाउनसमेत हम्मे पर्न थालेको छ । यता जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाँहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरूमा व्यापकरूपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झण्डै शून्य अवस्थामा पुगेको छ ।
विगतमा यसक्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रको रुपमा परिचत रहेको थियो । तर अहिले गाउँमा एकपाथी फापर पाउन पनि खोजेर पाउन तथा किन्न मुस्किल हुने गरेको छ ।
विगतका समयमा गाउँघरमा फापरको रोटी र ढिडो तथा जुनेलोको खाजा ज्यादै लोकप्रिय रहेको भए पनि हिजोआज यो खेती हुनै छाडेपछि उदपुरको पहाडी क्षेत्रमा फापर जुनेलो उत्पादन कार्य नै लोप हुन थालेको यसक्षेत्रका बूढापाका बताउँछन् । जुनसुकै समुदायको लागि पनि खाजा खानको लोकप्रिय अन्नको रुपमा रहेको फापर र जुनेलो हिजोआज जिल्लाका पहाडी क्षेत्रमा खेती नै हुन छाडेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका कृषक बताउँछन् ।
जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने राई तथा मगर समुदायले अनिवार्य जुनेलो खेती गर्ने र जुनेलोको जाँडसमेत बनाएर खाने प्रचलन रहेको भए पनि अहिले जुनेलो खेती हराउँदै गएपछि जुनेलाको जाँड खाने प्रचलनसमेत हट्दै गएको छ । केही समययता आएर गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवापुस्ता शहर तथा विदेश पलायन हुनु र गाउँघरमा बूढापाका मात्र बस्नपर्ने बाध्यता आएको कारण जुनेला तथा फापर खेती लोप हुँदै गएको हो ।
पहाडी क्षेत्रको गाउँघरमा जुनेलो र फापरजस्ता अन्नको खेती नै हुन छाडेपछि अहिले यस्ता अन्न गाउँमा पाउन छाडिएको र कतै प्रयोग गर्न परे पनि अन्यत्रबाट किनेर ल्याउन पर्ने अवस्था आएको स्वयं पहाडी क्षेत्रका कृषक बताउँछन् । कुनै बेला हाराभरा देखिने पहाडमा यो बाली नलगाउँदा उजाडजस्तो देखिने यो क्षेत्रलाई उपयोग एवं उपभोग गर्न कृषि ज्ञान केन्द्रले ठोस योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
मध्य पहाडी जिल्ला उदयपुरमा १३ हजार ३८० हेक्टर जग्गा कृषियोग्य क्षेत्र भए पनि सात हजार ३५९ हेक्टर जग्गामा मात्र धानबाली हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार