स्याङ्जामा ट्रिपर र बस ठोकिदा ४ घाईते
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १९:२१:९
२३ माघ, स्याङ्जा । स्याङ्जाको फेदिखोला गाँउपालिका २ मा ट्रिपर र बस ठोकिदा ४ जना घाईते भएका छन् ।
स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जादै गरेको ग १ ख ७६११ नम्वरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाईते भएको र ट्रिपर चालक गरी ४ जना घाईते भएको बताए । सबैको अवस्था समान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
बसमा सवार घाईते पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने बर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने बर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ । घाईते दुई जनाको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।
ट्रिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले बताए । सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार