बिहिबार , फागुण १३, २०७७

पत्रकार महासंघ काठमाडौं शाखाद्धारा १४ जना अग्रज पत्रकार सम्मानित हुँदै

पत्रकार महासंघ काठमाडौं शाखाद्धारा १४ जना अग्रज पत्रकार सम्मानित हुँदै

२३ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । शाखाले आफ्नो २२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न पुरस्कारद्धारा सम्मान गर्न लागेको हो । काठमाडौं शाखाले भोलि शनिवार प्रज्ञाभवन कमलादीमा अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक स्मारिकाको लोकापर्ण गर्दैछ ।

शाखाले आफ्ना पुर्वसभापति अशोक श्रेष्ठ लगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान साधारणसभाको अवसरमा वितरण गरिने अध्यक्ष शन्तराम बिडारीले जानकारी दिएका छन् । विभिन्न आरोह अवरोह पार गर्दैं शाखा आफ्नो ११ औं अधिवेशनको सम्मुखमा आइपुगेको बताउँदै अध्यक्ष बिडारीले भने “साधारणसभाको अवसरमा शाखाका गतिविधि समेटेर विगतमा झै ‘पत्रकारिता’ नामको स्मारिका प्रकाशन गरेको छौं।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“आजका दिनमा काठमाडौं शाखाले उठाएका मुद्दा र गरेका कामको सबैले चर्चा गर्न थालेको पाइएको छ । शाखालाई यो रुपमा उभ्याइरहँदा हाम्रा अग्रजहरुको विरासत, योगदान र स्मृतिको हामी सदा सम्झना गरिहरने प्रतिबद्धता जनाउँछौं ।” अध्यक्ष बिडारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १० औं अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ पत्रकार गुमाएको छ ।

विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरुको नाममा प्रतिव्यक्ति रु. २० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत गर्न लागिएको उपाध्यक्ष सूर्य सुवेदीले बताए । विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग गरि वितरण सचिव मोहन पन्तले जानकारी दिएका छन् ।

यसपटक पुरस्कृत हुन लागेका अग्रज पत्रकारहरुमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात रहेका छन् ।

त्यस्तै वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान ११ घण्टा पहिले
मापदण्डविपरीत व्यवसायीले बगर उत्खनन गर्दै मापदण्डविपरीत व्यवसायीले बगर उत्खनन गर्दै ९ घण्टा पहिले
भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि सत्तापक्षबाटै विरोध भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि सत्तापक्षबाटै विरोध ६ घण्टा पहिले
राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले ३ घण्टा पहिले
मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने : वरिष्ठ नेता पौडेल २३ घण्टा पहिले
डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  ११ घण्टा पहिले
इक्वेडरमा जेलमा भएको दंगामा परी मृत्यककाे संख्या ७९ पुग्यो इक्वेडरमा जेलमा भएको दंगामा परी मृत्यककाे संख्या ७९ पुग्यो ८ घण्टा पहिले
वसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व हुम्लामा मनाइयो वसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व हुम्लामा मनाइयो ७ घण्टा पहिले