
२३ माघ,हुम्ला । हुम्लामा बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातका कारण हुम्लाको जनजीवन अस्तव्यस्त भएको छ ।
दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । हवाई उडान नहुँदा बाहिरबाट ल्याईने खाद्यान्न ल्याउन सकिएको छैन् ।
खाद्यान्न ल्याउन नसक्दा हुम्लामा खाद्यान्नको अभाव हुन सक्ने सम्भावना देखिएको छ । यसैबीच प्रजिअ चिरञ्जीवी गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गरेका छन् ।
प्रतिक्रिया