
२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा केपी ओली नेतृत्वको सरकार देशमा दैनिकी रुपमा घटिरहेका जगन्य अपराध रोक्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।
बलात्कार, हत्या, हिंसा रअसुरक्षा वर्तमानको दैनिकी भएको भन्दै नेता केसीले विधीको शासनको उपहास गर्ने यस्ता जगन्य अपराध रोक्न राज्य पूर्ण असफल भएको बताएका हुन् ।
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न पनि नेता केसीले माग गरेका छन् ।
बलात्कार,हत्या,हिंसा रअसुरक्षा वर्तमानको दैनन्दिनी बनेकोछ।यही क्रममा बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्याको खबर ले अत्यन्त दुःखित छु।विधीको शासनको उपहास गर्ने यस्ता जगन्य अपराध रोक्न राज्य पूर्ण असफलछ।यो अर्को निर्मला काण्ड नबनोस,दोषी माथि तुरुन्त कार्रवाई गर।
— Arjun Narasingha Kc (@ArjunNarasingha) February 5, 2021
सामाजिक सञ्जालमा नेता केसीले लेखेका छन्, “बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्याको खबरले अत्यन्त दुःखित छु। यो अर्को निर्मला काण्ड नबनोस, दोषी माथि तुरुन्त कारवाही होस ।”
नेता केसी अगाडि लेख्छन्, बलत्कार,हत्या,हिंसा र असुरक्षा वर्तमानको दैनन्दिनी बनेकोछ। यही क्रममा बैतडी चडेपानीकी भागीरथीभट्टको बलत्कार पछिको विभत्स हत्याको खबर ले अत्यन्त दुःखित छु। विधीको शासनको उपहास गर्ने यस्ता जगन्य अपराध रोक्न राज्य पूर्ण असफलछ।यो अर्को निर्मला काण्ड नबनोस,दोषी माथि तुरुन्त कारवाई गर।
प्रतिक्रिया