बुधबार , फागुण १९, २०७७

परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत

परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत

२४ माघ, पर्सा । नेपाली कांग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली कांग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाए ।

नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन संंघ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल ६ दिन पहिले
गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन गणपति लघुवित्त र नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि दिन ७ दिन पहिले
दमौली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते दमौली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते ३ दिन पहिले
पत्रकार महासंघलाई साझा संगठन बनाउन १३ संघसंगठनको आग्रह पत्रकार महासंघलाई साझा संगठन बनाउन १३ संघसंगठनको आग्रह २ दिन पहिले
कोलम्बियामा फेरि स्वास्थ्य सङ्कटकालको म्याद थपियाे कोलम्बियामा फेरि स्वास्थ्य सङ्कटकालको म्याद थपियाे ५ दिन पहिले
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ ६ घण्टा पहिले
धम्पुस चुचुरो चढेका आरोही भन्छन् उचाइसँगै आत्मविश्वास बढ्यो धम्पुस चुचुरो चढेका आरोही भन्छन् उचाइसँगै आत्मविश्वास बढ्यो ७ दिन पहिले
कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्‍था गम्‍भीर कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्‍था गम्‍भीर ५ दिन पहिले