बिहिबार , फागुण १३, २०७७

स्थानिय बजारमा पहेँलाे धातु तोलामा ६ सय रुपैयाँले वृद्धि

स्थानिय बजारमा पहेँलाे धातु तोलामा ६ सय रुपैयाँले वृद्धि
OLYMPUS DIGITAL CAMERA

२५ माघ, काठमाडौं । नेपाली स्थानिय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो ।

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजको लागि तेजावी सुनको भाउ प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आइतबार सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार एक हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय