शुक्रबार , फागुण २१, २०७७

सुमो दुर्घटना हुँदा एकको मृत्यु, नाै घाइते

सुमो दुर्घटना हुँदा एकको मृत्यु, नाै घाइते

२५ माघ, टिस्टु । गए राति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका–२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गम्भीर घाइते हुनेमा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, उहाँकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यही माघ १० गतेदेखि हेटौँडा–काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा दिइयाे अनुमति रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा दिइयाे अनुमति ३ हप्ता पहिले
गोकर्णेश्वर नगरपालिकामा सामुदायिक विद्यालयको स्तरोन्नति गरिदै गोकर्णेश्वर नगरपालिकामा सामुदायिक विद्यालयको स्तरोन्नति गरिदै ३ हप्ता पहिले
पत्रकार महासंघमा उजुरी नै उजुरी ! युरोप शाखाका अध्यक्ष राई विधानविपरित तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा पत्रकार महासंघमा उजुरी नै उजुरी ! युरोप शाखाका अध्यक्ष राई विधानविपरित तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा २ हप्ता पहिले
बीपी राजमार्ग हुँदै गर्ने तस्करी बढ्यो बीपी राजमार्ग हुँदै गर्ने तस्करी बढ्यो ५ दिन पहिले
शेयरबजारमा बन्यो नयाँ रेकर्ड, सूचकले पार गर्यो २६०० बिन्दु, निफ्राको शेयरको उच्च माग शेयरबजारमा बन्यो नयाँ रेकर्ड, सूचकले पार गर्यो २६०० बिन्दु, निफ्राको शेयरको उच्च माग २ हप्ता पहिले
आमहड्तालमा १८८ पक्राउ, ८६ वटा गाडीमा तोडफोड आमहड्तालमा १८८ पक्राउ, ८६ वटा गाडीमा तोडफोड ४ हप्ता पहिले
महिला आयोगको वक्तृत्वकला प्रगियोगितामा भुजेल प्रथम महिला आयोगको वक्तृत्वकला प्रगियोगितामा भुजेल प्रथम ७ दिन पहिले
शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए ३ दिन पहिले