शुक्रबार , फागुण २१, २०७७

स्रोत नखुलेको ४९ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ४९ लाखसहित दुई जना पक्राउ

२५ माघ, बारा । बाराको फेटा गाउँपालिका- जोतपुरबाट स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ।

एक जनाको भने परिचय खुलाइएको छैन । अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीले मोटरसाइकल समेत नियन्‍त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय