मंगलबार , फागुण २५, २०७७

नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित

नेपाली व्यङ्ग्य क्षेत्रका अग्रज कलाकार मुखिया र पाँडे सम्मानित

२५ माघ, काठमाडौं । नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित भएको छ । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ‘बराथा स्मृति सम्मान’ २०७५ र २०७६ क्रमशः मुखिया र पाण्डेलाई दिइएको हो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कार्टुनलाई आजको अवस्थासम्म ल्याई पुर्याउन मुखिया र पाँडेले विशिष्ट योगदान दिएको बताए । उनले कार्टुन कला समाजलाई जनचेतना जगाउने महत्वपूर्ण विधा रहेको जिकिर गर्दै यसको विकास, प्रवद्र्धन तथा संवद्र्धनका काममा प्रतिष्ठानले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कुलपति कर्माचार्यले संसारमै कार्टुन कलाको महत्व झनै बढेर गएको बताउँदै भने, “पछिल्लो समय समाजलाई जागरुक बनाउन पनि यसको भूमिका अझै बढेर गएको छ ।” उनले नेपालमा अहिले पत्रपत्रिकाले कार्टुनलाई विशेष स्थान दिएको बताए । उनले भने, “पत्रिकाको मात्रै भर नपरी प्रतियोगिता, कार्यशाला, प्रदर्शनी, गोष्ठीलगायतका काम गर्नुपर्दछ । यसका लागि प्रतिष्ठानले आवश्यक सहयोग गर्न तयार छ । साथै यस विधालाई विकेन्द्रिकरण गर्दै प्रादेशिक तथा जिल्ला स्तरसम्म पुर्याउन पहल गरौँ ।”

प्राज्ञ रमेश खनालले कार्टुन समाज चिहाउने आँखा भएको बताए । उनले नेपालमा कार्टुनले राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे । उनले भने, “आममानिस र समाजलाई आँखा देखाउने कलाका रुपमा कार्टुन कलालाई लिन सकिन्छ । यसको प्रभावकारी विस्तार सिर्जनशीलताले नै समाजलाई समृद्ध बनाउन मद्दत मिल्दछ ।”

कलाकार जीवन राजोपाध्यायले कार्टुनको शक्तिले समाजलाई झक्झकाउने जिकिर गर्दै यसको विस्तारमा प्रतिष्ठान र क्लबले अझै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कार्टुनको विकासका लागि अझै प्रभावकारी काम गर्नुपर्ने विचार व्यक्त गरे । उनले कला र पत्रकारितालाई जोड्ने महत्वपूर्ण सेतुका रुपमा कार्टुन कलाले काम गरिरहेको बताउँदै आमसञ्चार माध्यमले यसलाई अझै सशक्त ढङ्गले अगाडि बढाउन पहल गर्नुपर्ने जिकिर गरे ।

कलाकार टेकवीर मुखियाले शक्तिले समाजलाई जागरुक बनाउन मद्दत गर्ने बताए । कार्टुनिष्ट अविन श्रेष्ठले नेपाली कार्टुनको प्रभाव देशव्यापीरुपमा फैलिँदै गएको बताए । उनले समाजलाई गतिशील र जागरुक बनाउन आमसञ्चार माध्यमसँग जोडिएर कार्टुनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।

साधारणसभाले वासु क्षितिजको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीको नेपाल आर्ट काउन्सिलमा भएको सभाले उपाध्यक्षमा देवेन्द्र थुम्केली, महासचिवमा रवि मिश्र, सचिवमा भानु भट्टराई, कोषाध्यक्षमा रवीन्द्र मानन्धर तथा सदस्यका योगेशकुमार खपाङ्गी, दीपक गौतम, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी र सुजिता महर्जन रहेका छन् । साढे दुई दशकदेखि कार्टुन क्षेत्रमा सक्रिय क्षितिज हाल अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत छन् ।

यसअघि दुई कार्यकाल क्लबको अध्यक्षमा कार्टुनिष्ट अविन श्रेष्ठले नेतृत्व गरेका थिए । विसं २०५६ मा स्थापित क्लब लामो समयसम्म निष्क्रिय रहेपछि श्रेष्ठले विसं २०७० मा कार्यभार सम्हालेका थिए । यसबीचमा क्लबले कार्यशाला, गोष्ठी, अन्तक्र्रिया, प्रतियोगिता, जनचेतनामूलक कार्टुन प्रदर्शनी, पुस्तक प्रकाशनलगायतका काम गरेको नवनिर्वाचित क्लबका महासचिव रवि मिश्रले बताए । नवनिर्वाचित अध्यक्ष क्षितिजले नेपाली कार्टुन क्षेत्रलाई मर्यादित र प्रभावकारी बनाउन क्लबले सिर्जनात्मक पहल गर्ने बताए । उनले नेपाली समाजमा रहेका नकार पक्षलाई चिर्न र सरकार पक्षलाई जगाउन कार्टुनिष्टलाई अभिप्रेरित गर्ने गरी काम गर्ने सुनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा मुख्यमन्त्री राउतको जोड महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा मुख्यमन्त्री राउतको जोड १५ घण्टा पहिले
सर्वसाधारणलाई आईपीओमा लगानीको अवसर, ३५ लाख कित्ता शेयर आउँदै सर्वसाधारणलाई आईपीओमा लगानीको अवसर, ३५ लाख कित्ता शेयर आउँदै १९ घण्टा पहिले
कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला ११ घण्टा पहिले
हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध ७ घण्टा पहिले
स्वास्थ्य शिविरमा ६ सयले लिए निःशुल्क उपचार स्वास्थ्य शिविरमा ६ सयले लिए निःशुल्क उपचार १८ घण्टा पहिले
रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु १८ घण्टा पहिले
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छः नेता भण्डारी महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छः नेता भण्डारी १४ घण्टा पहिले
कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने ११ घण्टा पहिले