बंगलादेशमा कोरोना विरुद्धको खोप लगाउन शुरु
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार २०:४४:३५
२५ माघ,ढाका । बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ ।
बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गरेका हुन । यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका १ हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान शुरु भएको हो । यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए ।
प्रधानमन्त्री शेख हसिनाले संसदमा गरेका सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ । बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार