शुक्रबार , फागुण २१, २०७७

४२ वर्षपछि जीर्ण फेवातालको बाँध मर्मत गरिदै

४२ वर्षपछि जीर्ण फेवातालको बाँध मर्मत गरिदै

२५ माघ,पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो । कार्यलय प्रमुख किरण आचार्यका अनुसार २०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५।७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने छ ।

उता बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजारमा सुनको मूल्य तोलामा ८ सयले वृद्धि बजारमा सुनको मूल्य तोलामा ८ सयले वृद्धि २ हप्ता पहिले
सभामुखद्वारा दायर गरिएको रिटमा आइतबार सुनुवाइ हुने [ पूर्णपाठसहित ] सभामुखद्वारा दायर गरिएको रिटमा आइतबार सुनुवाइ हुने [ पूर्णपाठसहित ] ४ हप्ता पहिले
सिंहदरबारको पुनःनिर्माण सम्पन्न, तीनवटा मोहडाको आज ओलीले उ्दघाटन गर्ने सिंहदरबारको पुनःनिर्माण सम्पन्न, तीनवटा मोहडाको आज ओलीले उ्दघाटन गर्ने ३ हप्ता पहिले
समृद्धिको अभियानलाई गण्डकी प्रदेशले साकार पार्दै छ : मुख्यमन्त्री गुरुङ समृद्धिको अभियानलाई गण्डकी प्रदेशले साकार पार्दै छ : मुख्यमन्त्री गुरुङ २ हप्ता पहिले
देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि ६ दिन पहिले
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य २ हप्ता पहिले
नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? ५ दिन पहिले
वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” २ हप्ता पहिले