बुधबार , फागुण १९, २०७७

सडक ट्र्याक खुलेपछि फेरिदै गोर्खेपानीको मुहार

सडक ट्र्याक खुलेपछि फेरिदै गोर्खेपानीको मुहार

२५ माघ, पाँचथर । फालेलुङ–४ मेमेङको ढकालटार पुगेको सडकको ट्र्याक स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि नेपाल–भारत सीमामा पर्ने गोर्खेपानीसम्म पुगेको छ । पुनः संरचनापछि करीब १५ किलोमिटर सडकको ट्र्याक खोलेर सीमासम्म पु¥याइएको छ । सडक पुगेसँगै सीमामा नेपालीको उपस्थिति बढ्दै गईरहेको छ । गोर्खेपानीबाट करीब एक घण्टा पैदलदूरीमा रहेको पर्यटकीय क्षेत्र तीन सीमानामा पुग्ने नेपाली पर्यटकको सङ्ख्या अहिले बढ्न थालेको छ ।

सीमाको नजिकै रहेका गोठमा सञ्चालकले पूर्वाधारहरु थप्न थालेका छन् । कसैले चौंरी र गाई थपेका छन् भने कसैले खाने बस्ने प्रबन्ध गर्न थालेका छन् । सीमाको नजिकै दीपज्योति युवा क्लबको सहयोगमा गोठबास (गोठ स्टे) निर्माणको काम थालिएको छ । गोर्खेपानीमा निर्माण गरिएको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चार वर्षमा सीमा क्षेत्रको मुहार फेरिएको छ । पहुँच र प्रयोगको शुरुआतपछि प्राकृतिक रुपमा सुन्दर सीमा क्षेत्रको तस्वीर फेरिएको छ । कच्ची सडकले जोडिए पनि पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङमा फाट्टफुट्ट मात्रै पर्यटक पुग्दथे । उक्त ठाउँमा पूर्वाधारका विकासहरु भएका नै थिएनन् । ट्र्याक खोलिएको याङवरक गाउँपालिका–४थर्पूदेखि चिवा भञ्ज्याङसम्मको ५१ किलोमिटर सडक मर्मत र कालोपत्रको चर्चासमेत हुन छोडेपछि स्थानीयवासी निराश थिए ।

स्थानीयवासीहरुले जनप्रतिनिधि, सांसद् र मन्त्रीलाई आग्रह गरिरहेका थिए । तर एक्कासि चिवाभञ्ज्याङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना हुने सुनेपछि उनीहरु चकित परेका थिए । गाउँपालिकाले निर्माण गरेको भवनमा बीओपी स्थापना भएको दुई महिना नबित्दै सडक कालोपत्र हुने बोलपत्र आह्वान भएको थियो । चिवाभञ्ज्याङ भर्खरै भारतलेसमेत सडकले जोडेको छ, नेपाल तर्फ मानवीय गतिविधि बाक्लिएका छन् । सडक कालोपत्र शुरु हुन लागेपछि स्थानीयवासी दङ्ग परेका छन् ।

याङवरक–१ मै पर्ने लामपोखरी क्षेत्रमा साना–ठूला आधादर्जन पोखरी रहेका छन् । गाउँपालिका निर्माणअघि सडक पु¥याउने कसैको कल्पनासमेत थिएन । तर वडाका वडाध्यक्ष मोहनकुमार ढुङ्गेलको पहलमा लामपोखरीमा सडक ट्र्याक खोलियो । लामपोखरी नजिकै सुकेढापमा घरबास (होमस्टे) निर्माण गर्ने उद्देश्यसहित बन्दै गरेको १२ कोठे घरले गाउँपालिकामा जनप्रतिनिधि आएपछि पूर्णता पाएको थियो । गत मङ्सिरमा त्यहाँ सशस्त्र प्रहरीको अर्को बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो । प्रत्येक बीओपीमा २०÷२२ जनाको सङ्ख्यामा रहेका सशस्त्र प्रहरी अब सीमासम्म दैनिक गस्ती गर्न थालेका छन् ।

अहिले त्यहाँका गोठालाहरु ढुक्क र खुशी छन् । चोरी शिकारी साथै भारतीयहरुको ज्यादति छैन् । सीमामा नेपालको उपस्थिति देख्दा भारतीय सुरक्षाकर्मी समेत चकित छन् । पूर्वाधार विकास र सुरक्षा संयन्त्रको उपस्थितिसँगै अहिले सीमा क्षेत्रको तस्वीर फेरिएको छ । सडक बनेपछि फालोट क्षेत्रबाट घोडा, खच्चड आदीलाई बोकाएर सामग्री आयातनिर्यात हुने गरेको छ । फालेलुङ–४ बाट सीमा जोड्ने सडकको मर्मतका लागि यस वर्ष सङ्घीय सरकारले रु ५० लाख बजेट छुट्ट्याएको छ ।

सङ्घीय सरकारले यसै आर्थिक वर्षमा फालेलुङ ४ र ५ हुँदै सीमा क्षेत्र चारराते पुग्ने सडकको स्तरोन्नतिका लागि समेत रु पाँच करोड बजेट विनियोजन गरेको छ । फालेलुङ–४ भैंँसेमासमेत बीओपी स्थापना भएको छ । सीमामा भारतीय सुरक्षाकर्मी मात्रै हुँदा विगतमा नेपालीको आत्मबल नै कमजोर हुने गरेको स्थानीयवासी बताउँछन् ।

“अहिले सुरक्षाको प्रत्याभूति त भएको छ नै, आवतजावतमा पनि सहजता मिलेको छ”, सीमामा आधारित फालेलुङ क्षेत्रको पर्यटन विकास र चौंरी पालनमा सक्रिय फालेलुङ–५ का चन्द्रलाल नेपालले भने, “अहिले हामीले गर्व गर्ने अवस्था बनेको छ ।” विगतमा सीमा क्षेत्रमा सीमित गोठ सञ्चालक, भरिया, पर्यटक, स्थानीयवासी मात्रै पुग्दथे । सीमासम्मै संरचना बनाएको भारतलाई यो लाभको विषय थियो । यसैकारण भारतले सीमा परिवर्तनको प्रयास पनि गरिरहेको थियो ।

सीमा क्षेत्रमा सरकारको ध्यान पुगेको भन्दै अब पूर्वाधार विकासले पनि गति लिने जनप्रतिनिधिको अपेक्षा छ । नेपाल–भारत सीमा क्षेत्रका स्थानीयवासीबीच पारिवारिक सम्बन्धसमेत रहने गरेको छ । सडक निर्माणले आवतजावतमा सघाउ पुग्ने भएकाले मध्यपहाडी लोकमार्ग कालोपत्रको काम चाँडो सम्पन्न गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

भारतसँग सीमा जोडिएको ४४।८ किलोमिटर भू–भाग पाँचथरमा पर्छ । सन्दकपुरदेखि तिम्बुपोखरीको बीचमा पर्ने यो सबै सीमा क्षेत्र पर्यटकीय दृष्टि निकै आकर्षक छ । सीमा क्षेत्रमा चौंरीपालन फस्टाएको छ । यहाँ बहुमूल्य जडीबुटीदेखि लोपोन्मुख जीवजन्तुसमेत पाइने भए पनि भारतीय पक्षले सरकारी संयन्त्रको उपयोग गरी चोरी शिकारी गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यिनै क्षेत्र समेट्दै नेपालको पूर्वी सीमालाई पर्यटकीय गन्तव्य बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केचना–कञ्चनजङ्घा सडकको अवधारणा अघि बढाएको छ । झापाको कचनकवलदेखि ताप्लेजुङ कञ्चनजङ्घा बेसक्याम्पसम्म सीमा क्षेत्र हुँदै सडक निर्माण गर्ने उद्देश्यसहित सडक विभागले सर्वेको काम गरिरहेको छ । प्राविधिकका दुई वटा टोलीले इलाम र पाँचथरबाट सर्वेको काम गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै ३ दिन पहिले
नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयरमा बुधवारदेखि आवेदन दिन सकिने नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयरमा बुधवारदेखि आवेदन दिन सकिने २४ घण्टा पहिले
प्रचण्ड-माधव समूहले बाेलायाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक प्रचण्ड-माधव समूहले बाेलायाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक २ दिन पहिले
प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री ३ दिन पहिले
ट्राफिकको व्यवहार सुधार अभियान ट्राफिकको व्यवहार सुधार अभियान ३ दिन पहिले
प्रहरीको जीवनशैली सधारण हुनुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरीको जीवनशैली सधारण हुनुपर्छ : आईजीपी थापा क्षेत्री २ दिन पहिले
सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु २ दिन पहिले
कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री ३ दिन पहिले