अब इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामै
नेपालबहस संवाददाता
माघ २५, २०७७ सोमबार १:१६:५६
२५ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अङ्ग्रेजीमा नै गरिने बताएको हो ।
विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नं प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै सङ्ख्यामा पुरानो सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण भइरहेको छ । सो नं प्लेटका लागि उपकरणमा अङ्ग्रेजी भाषामा नै प्रणाली अघि बढेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पुनः नेपाली भाषामा गर्दा शुरुदेखि नै गर्नुपर्ने भएकाले समय र खर्च दुवै लाग्छ । उनले भने, “शुरुमा भए गर्न सकिने थियो अहिले काम अघि बढिसकेको छ ।”
प्रतिष्ठानका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नं प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेका थिए । सोही आधारमा छलफल अघि बढे पनि नेपालीमा गर्ने सम्बन्धमा कुनै निर्णय भएको थिएन । व्यावहारिकरुपमा पनि अङ्ग्रेजी भाषा नै ठीक हुने निर्देशक पौडेलले बताए । उनले भने, “अन्तर्राष्ट्रिय भाषा हुँदा सबैले बुझ्ने हुन्छ ।”
मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारीसाधनमा इम्बोस्ड नं प्लेट वितरण शुरु गरेको थियो । सवारीधनीले दुईपाङ्ग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारीसाधनको नं लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ ।
त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नं प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नं प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नं प्लेटबापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । विभागले सरकारी नं प्लेटका सवारीसाधनलाई फागुनसम्ममा सो नं प्लेट लिइसक्नुपर्ने अनिवार्य गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार