आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १३:४७:३९
२७ माघ, काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ ।
यो दिवस विश्वभर हरेक फेब्रुअरीको पहिलो हप्ता मनाउने गरिन्छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो ।
नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।
सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोस्टकार्ड, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । यसकासाथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईआईटी मद्रासको स्टार्ट-अपले ‘इलेक्ट्रिक फ्लाइङ ट्याक्सी’
बैशाख ३१, २०८१ सोमबार
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने
बैशाख ३०, २०८१ आइतबार
कम लागतको इन्टरनेट उपलब्ध गराउन ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण
बैशाख २५, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार