शनिबार , फागुण १५, २०७७

मेक्सिकोद्वारा कोरोनाविरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिकोद्वारा कोरोनाविरुद्धका दुई चिनियाँ खोप स्वीकृत

२९ माघ, मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।

मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए ।महामारी नियन्त्रण संयोजन समितिका प्रवक्ता समेत रहनु भएका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् ।

तर मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरुलाई दिइसकेको छ ।मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ ।

मेक्सिकोमा कोभिड–१९ को संक्रमणबाट एक लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या विश्वमै तेस्रो बढी हो । पहिलो स्थानमा संयुक्तराज्य अमेरिका ९चार लाख ८३ हजार० रहेको छ भने दोस्रो स्थानमा ब्राजिल (दुई लाख ३४ हजार) रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वोच्चको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त सर्वोच्चको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त २ हप्ता पहिले
ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा सुरु ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा सुरु २ हप्ता पहिले
परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ: नेता डा महत ३ हप्ता पहिले
नेपाल ईन्जीनीयर एशोसिएसनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न नेपाल ईन्जीनीयर एशोसिएसनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न १ हप्ता पहिले
नेपालको जस्तै अवस्था अरु देशमा छ कि छैन ? : न्यायाधीश सिन्हा नेपालको जस्तै अवस्था अरु देशमा छ कि छैन ? : न्यायाधीश सिन्हा ३ हप्ता पहिले
वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” १ हप्ता पहिले
प्राइम कमर्सियल बैंकको कम्पनी सचिबमा कार्की नियुक्त प्राइम कमर्सियल बैंकको कम्पनी सचिबमा कार्की नियुक्त ५ दिन पहिले
नयाँ सोचका कारण प्रधानमन्त्री सबैभन्दा अब्बल नेता : मुख्य सल्लाहकार रिमाल नयाँ सोचका कारण प्रधानमन्त्री सबैभन्दा अब्बल नेता : मुख्य सल्लाहकार रिमाल ३ हप्ता पहिले