अब मुठभेडको राजनीति सुरु
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार २०:३८:२३
२९ माघ, काठमाडौं । अन्ततः केपी ओली नेतृत्वको सरकारले आफ्ना आलोचकहरुलाई थुनामै पठाउने विचित्रको अभ्यास थालेरै छाड्यो । बहुचर्चित एवं प्रचारित गरिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई ओली सरकारले पक्राउ पुर्जी नै जारी गरेर घरबाटै पक्रेको छ ।
आज बिहान घम्साघम्सी गर्दै प्रहरीले राजधानीस्थित झाँक्रीको शंखमुल निवासमै पुगेर प्रहरी हिरासतमा पठाएको छ । यो प्रकरणले अब नेपालमा मूठभेडको राजनीतिले स्थान पाउने संभावनालाई बल पु¥याएको छ ।
नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति द्वैष फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । झाँक्रीलाई बुझाइएको पक्राउ पुर्जीमा उनीमाथि राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ भन्ने वाक्यांशसहित थुनामा पठाइएको छ ।
नेतृ झाँक्रीले गोरखामा आयोजित एउटा कार्यक्रममा बोलेको विषयलाई आधार बनाएर पक्राउ गरेको छ । उक्त कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीलाई लक्षित गरी भनेकी थिइन्–राष्ट्रपतिको त कुरा के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ । म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छुु –शीतलनिवासको कारगेड छाडेर कोटेश्वरतिर फर्के हुन्छ, चाबेल की बानेश्वर कतातिर घर छ रे, नत्र बालकोटतिरै गएर चुनाव लडेपनि हुन्छ ।
झाँक्रीले यस्तो अभिव्यक्ति दिएपछि राष्ट्रपति भण्डारीकी छोरीले सामाजिक सञ्जालमार्फत गुनासो गरेकी थिइन् । यस्तै झाँक्रीले राष्ट्रपतिको गरिमा र मर्यादामा चोट पुु¥याएको भन्दै अनेमसंघले समेत केही दिन अघि गृहमन्त्री रामबहादुर थापा बादल समक्ष पक्रन दवाव दिएको थियो ।
हिजैपनि नेतृ झाँक्रीले राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले आलोचना गर्न पाइने भन्दै सार्वजनिक मञ्चबाटै विरोध गरेकी थिइन् । लगत्तै आज ओली सरकारले झाँक्रीलाई पक्रन प्रहरी खटाएको थियो ।
अब झाँक्री मात्र होइन, ओली सरकारले आफूलाई गाली गर्ने जो कोहीलाई पक्रने सन्देश दिन समेत यो काम गरेको बुझ्न सकिन्छ । जसका लागि सरकारले सामाजिक सञ्जाल र अनलाइनलाई नियन्त्रण गर्न निर्देशिका जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसले राजनीतिलाई मुठभेडतिरै अग्रसर गराउने विज्ञहरुको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार