
२९ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अब देश मुठभेडतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । पार्टी नेतृ रामकुमारी झाँक्रीलाई आज सरकारले गिरफ्तार गरेको प्रसंगबारे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने – केपी ओली अब देश मुठभेडमा जाओस् भन्ने सन्देश दिन खोजिरहेका छन् ।
सरकारको आलोचना गर्नेलाई जेल पठाउने निरंकुश शैली भन्दै उनले झाँक्रीले सरकारका गलत कामको आलोचना गर्दा जेल पठाउने नियत गलत भएको बताए । मैले बुझे अनुसार नेतृ झाँक्रीलाई प्रधानमन्त्रीको ढाडो आदेशमा पक्राउ गरिएको हो – प्रचण्डले भने – यो लोकतन्त्रमाथिको ढाडो प्रहार हो ।
ओलीतन्त्रको यो निरंकुशताविरुद्ध आफूहरु पनि आक्रामक ढंगले प्रस्तुत हुने संकेत गर्दै अध्यक्ष प्रचण्डले भने–अब जनता पनि प्रतिकारमा उत्रन पर्ने भयो ।
प्रतिक्रिया