
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीको गिरफ्तारिका बिरुद्धमा कडा आक्रोश व्यक्त गरेका छन् । आज झाँक्रीलाई आफ्नै घरबाट सरकारका बर्दीधारी सुरक्षाकर्मीहरुले पक्राउ गरे पछि डा. कोइराला आक्रोसित भएका हुन् ।
एकपछि अर्को अलोकतान्त्रिक काम गर्दै आम नेपाली माझ नाङ्गिदै गएको वर्तमान ओली सरकार आफ्ना काला कर्तुतहरु लुकाउन र ढाकछोप गर्न अब लाजै फालेर दलका नेताहरु पक्राउ गर्न अग्रसर भएको देखिएको छ ।
लोकतन्त्रमा बोल्न पाउने, लेख्न पाउने र आफ्ना अभिव्यक्तिहरु निर्वाध ब्यक्त गर्न पाउने अधिकारको गला रेटदै कसैले बोलेकै भरमा पक्राउ गरिनु र लेखेकै भरमा प्रहरीको कब्जामा लिनु अन्य केही नभई आफ्नाे लज्जाबोध लुकाउने र राज्यसंयन्त्रको चरम दुरुपयोग गर्दै सर्वसत्तावाद लाद्न खोज्नु बाहेक अरु केही पनि होईन ।
डा. कोइरालाले आफ्नाे फेसबुक पेजमार्फत आजै आफ्नाे स्पष्ट धारणा राख्दै लेखेका छन् – “अलोकतान्त्रि र असंबैधानिक कदम बिरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ । उनले अगाडि लेखेका छन्र , यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ ।“
सरकारको असंबैधानिक कदमको निरन्तर बिरोध र आम नागरिकमा सरकारका गतल रबैयाहरुका बिषयमा सूचना प्रवाह गरि आम नागरिकलाई लोकतन्त्र र वर्तमान ब्यवस्थाको खबरदारी गरिरहेका नेता कोइरालाले लेखेका छन् “झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाईको माग गर्दछु ।”
प्रतिक्रिया