प्रहरीसँगको सेटिङमा बाराबाट व्यापक तस्करी
नेपालबहस संवाददाता
माघ २९, २०७७ शुक्रबार १:२८:४५
२९ माघ, कलैया । बाराको मुशहर्वा, वलिरामपुर, बरैनिया र छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । पर्साका तस्करहरू सलबलाए जसरी नै बाराका तस्करहरुले पनि बिभिन्न सीमा नाकाहरुबाट तस्करी गर्दै आएको स्थानीयहरुले यस नेपालबहस डटकमलाई बताएका छन ।
तस्करहरुले अहिले बाराको बलिरामपुर, मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर अवैध रुपमा लत्ताकपडा, हार्डवयेर, जुत्ता, गाईभैसी भित्र्याउने गरेका छन ।
प्राप्त समाचार अनुसार हिजो राति बलिरामपुर र मुशहर्वाका केही व्यापारीहरुले १०० गोटा सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रति गाईभैसीको ५०० दरले रकम दिएर नेपाल भित्राएको एक स्थानीयले नाम नछाप्ने शर्तमा जानकारी दिएका छन् ।
बारा जिल्लाको बलिरामपुर, मुशहर्वा, छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले व्यापक चर्चामा रहेपनि बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेको आरोप लागेको छ ।
बाराको मुशहर्वा, बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाँको तस्करी भईरहेको छ । तस्करले दिनरात उक्त नाकाबाट दैनिक रुपमा गाईभैसी, सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछि सरकारलाई दैनिक रुपमा लाखौंको राजश्व घाटा हुँदै आएको छ । यसबाट सुरक्षाकर्मीहरु माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
बाराको बलीरामपुर, मुशहर्वा र भारतका नामुद तस्करहरुले नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर र जीतपुरसम्म पुर्याउने गरेको स्थानीयहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार