सि र बाइडेनबीच गहिरो रूपमा विचार आदान प्रदान
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार ६:३२:३
२९ माघ, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ । वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो ।
विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिश्पर्धी मुलुकका प्रमुखहरुका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । टेलिफोन कुराकानीका क्रममा उनीहरुले चिनियाँ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।
नयाँ वर्षको अवसरमा मनाइने यस पर्वलाई चीनमा अत्यन्त महत्वका साथ मनाइने बसन्त पर्वकोरूपमा लिइन्छ । चिनियाँ परम्परा अनुसार हरेक बर्षको फेब्रुअरी १२ मा यो पर्व मनाउने गरिन्छ ।
महत्वपूर्व पर्वको अघिल्लो दिन दुई राष्ट्राध्यक्षबीचको कुराकानीले दुवै देश सहित विश्वभरी नै सकारात्मक तरङ्ग फैलाएको छ । उनीहरुबीच यस पर्वको शुभकामनासँगै द्विपक्षीय सम्बन्ध र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रूपमा विचार पनि आदान प्रदान भएको छ ।
दुई नेताबीचमा सिधा कुराकानी हुनुलाई राम्रो सङ्केतका रूपमा लिन सकिने विश्लेषकहरुले बताएका छन् । यसले बाँकी विश्वलाई पनि फाइदा नै गर्ने उनीहरुको भनाइ छ ।
दुई नेताले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा नजिक रहेर काम गर्ने प्रतिवद्धता गर्नु अर्को सुखद पक्ष मानिएको छ । टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले चीनसँग आफु रचनात्मक र उपलब्धिमुलक वार्ता गर्न चाहेको उल्लेख गरे ।
दुई पक्षकाबीचमा आत्मीक सम्वन्ध बढाउन, दुई पक्षीय बुझाई साझा र राम्रो बनाउन सहयोगी हुने बैठक तथा वार्ताका लागि इच्छुक रहेको उनको भनाई थियो । त्यसैगरी एक अर्काप्रतिको गलत बुझाई र गलत सञ्चारका बारेमा पनि स्पष्टता आवश्यक रहेकोमा वाइडेनले जोड दिए ।
वार्तामा चिनियाँ राष्ट्रपति सीले विगतको आधा शताब्दीमा चीन र अमेरिकाबीचको सम्बन्धमा विकास भएको प्रकृयाबारे समीक्षा गरी आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच सहयोग भए साझा फाइदा हुने र द्वन्द्व भए दुवै पक्षलाई हानी हुने दोहो¥याएका थिए ।
टेलिफोन वार्ताका क्रममा सीले विभिन्न संयन्त्र बनाएर दुई देशका कुटनीतिक, आर्थिक, बैकिङ्ग, कानुन कार्यन्वयन, सेनालगायत विभागबीच सम्पर्क गरी आपसी राजनीतिक लक्ष्यलाई सही तरिकाले बुझ्ने प्रस्ताव गरे ।
निरन्तर र निकट रहेर वार्ता गर्ने दुवै राष्ट्राध्यक्षको चाहनाले बेइजिङ् र वासिङ्टनबीचको विगतको दुरी घट्ने संभावना अन्त्यन्त धेरै देखिएको छ । पछिल्ला केही बर्ष चीन र अमेरिकाका बीचमा नराम्रो सम्वन्ध बढ्दै गएको थियो । कतिपय अवस्थामा लामो समयपछिकै सवैभन्दा नमिठो पनि महसुस गरिएको थियो ।
चीन र अमेरिकाका नेताले अव भने असामान्य क्षमता र साहस देखाउनसक्ने धेरैले अपेक्षा गरेका छ । विशेष गरी अमेरिकाले यस पटकको वार्ताको भावनालाई व्यवहारमा उतारी चीनसँग दुई देशको सम्बन्धको सुधार गर्नसक्ने आशा गर्न सकिन्छ । द्विपक्षीय सम्बन्ध सुधार गर्ने दुई नेतामा राजनीतिक इच्छा देखिएकोले पनि यस्तो आशा गर्न सकिने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार