शुक्रबार , फागुण २१, २०७७

चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व : सभामुख

चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व : सभामुख

३० माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुखले हाम्रा मौलिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे । तामाङ, शेर्पा, ह्योल्मोलगायतका नेपालका आदिवासी जनजातिको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७औँ सोनाम ल्होसार’र ‘२१४८औँ ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना सन्देश दिँदै सभामुखले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आआफ्नै संस्कृति, परम्परा र रीतिरिवाज रहेको स्मरण गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मौलिकता बोकेका चाडपर्वले आफ्नै विशेषता र महत्व बोकेको भन्दै उनले त्यस्ता पर्व विविधताभित्र देखिने मौलिकताका नमूना हुन् भनेका छन्। सोनाम ल्होसार र ग्याल्बो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने सभामुखले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय