सुरक्षित नागरिक आवास कार्यक्रम, तीन हजार ६६७ आवास एकाइ सम्पन्न
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १२:४४:३५
३० माघ, काठमाडौं । शहरी विकास मन्त्रालयले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा तीन हजार ६६७ आवास एकाइ सम्पन्न गरेको छ । मन्त्रालयको चालू आवमा हालसम्मको प्रगति सार्वजनिक गर्न बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्रालयले सो कार्यक्रमअन्तर्गत हालसम्म छ हजार ९६७ आवास एकाइ सम्पन्न भएको जनाएको छ ।
त्यस्तै सुरक्षित नागरिक आवास कार्यअन्तर्गत १२ हजार १४२ नयाँ लाभग्राही छनोट गरी पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री प्रभु शाहले विपन्न वर्गलाई लक्षित जनता आवास र सुरक्षित आवास कार्यक्रम स्थानीयस्तरमा अपेक्षा गरिए जस्तो प्रगति नभएको बताए ।
यी कार्यक्रममा प्रभावकारिता, जवाफदेहिता र एकरुपता ल्याइने उनले बताए। नयाँ शहर निर्माणका लागि कतिपय स्थानमा विस्तृत अध्ययन भइरहेको र अध्ययन भइसकेका स्थानमा कार्यन्वयनको क्रममा रहेको उनले बताए । उनले भने, “कुनकुन परियोजनामा समस्या छ त्यो हटाएर हेर्नलाई होइन देख्नका लागि शहर बनाउन लागिएको छ ।”
फुसको छानालाई विस्थापित गरी जस्तापाताले छाना छाउन सरकारले विसं २०७४/७५ मा कार्यक्रम शुरु गरेको थियो । चालू आवभित्र मन्त्रालयले एक लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने कार्यक्रम तय गरेको छ । आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसको छाना विस्थापन गर्ने लक्ष्य लिइएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
नयाँ लाभग्राहीलाई पहिलो किस्ताबापत प्रत्येक लाभग्राहीलाई रु ३० हजार दरले भुक्तानी भएको छ । गरिबीको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्ने उद्देश्यले सरकारले आव २०७५/७६ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको थियो ।
मन्त्रालयको समग्र प्रगति २९ दशमलव ६७ प्रतिशत रहेको प्रवक्ता दवाडीले जानकारी दिए । चालू आवमा मन्त्रालयको चालूतर्फ विनियोजित पाँच अर्ब छ करोडमध्ये एक अर्ब ६६ करोड अर्थात् ३३ प्रतिशत खर्च भएको छ ।
त्यस्तै पूँजीगततर्फ, रु २५ अर्ब चार करोड विनियोजन भएकामा रु छ अर्ब ३८ करोड अर्थात् २९ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको कूल बजेट रु ३० अर्ब रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार