शनिबार , फागुण २२, २०७७

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

३० माघ, एजेन्सी । अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८६ हजार ९२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ८१९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९५ लाख ८४ हजार ४९९ जनामध्ये २० हजार ४०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय