
३० माघ काठमाडौ । नेपाली कांग्रेस ‘वीपी’ ले तामाङ समुदायको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ औं को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख शान्ति समृद्धिर उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेको छ ।
पार्टीका केन्द्रिय सभापति हरिबोल भट्टराई, नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ, नेपाल तरुण ‘वीपी’ का केन्द्रिय अध्यक्ष प्रधुम्न कार्कि नेविसंघ नुवाकोट जिल्ला अध्यक्ष तथा युवा नेता एवं पार्टी केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लले छुट्टाछुट्टै शुभकामना सन्देश जारि गर्दै नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातजातिको धर्म संस्कार संस्कृति, चाडपर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्नु सरकार, राजनैतिक दल, नागरिक समाज लगाएत सबैको प्रमुख दायित्व भएको बताएका छ्न ।
प्रतिक्रिया