शुक्रबार , फागुण १४, २०७७

लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ आयोजनाको काम बन्द

लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ आयोजनाको काम बन्द

३० माघ,लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताएका छन् ।

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इञ्जिनीयर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, आयोजनाका इञ्जिनीयर सुनिलकुमार शाह घाइते भएका थिए । त्यस्तै, सोही जीपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाइते भएका छन् । प्रहरीका अनुसार सो जीप सडकबाट १२० मिटर तल जीप खसेर दुर्घटना भएको थियो ।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता९पिपिए० गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।

आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेचकाे नयाँ श्रृङ्खला सुरु : थापा ३ दिन पहिले
ट्रकले ठक्करबाट सफारी रिक्सा चालकको मृत्यु ट्रकले ठक्करबाट सफारी रिक्सा चालकको मृत्यु २४ घण्टा पहिले
सकियो संसद विघटन मुद्दामा बहस, ११ गते अर्को पेशी सकियो संसद विघटन मुद्दामा बहस, ११ गते अर्को पेशी ७ दिन पहिले
नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? २ दिन पहिले
निर्वाचन सामग्री खरीदका लागि आयोगद्धारा बोलपत्र आह्वान निर्वाचन सामग्री खरीदका लागि आयोगद्धारा बोलपत्र आह्वान ३ दिन पहिले
गएको माघमा बरामद सुन र रकम कहिले सार्वजनिक गर्ने गएको माघमा बरामद सुन र रकम कहिले सार्वजनिक गर्ने ७ दिन पहिले
कांग्रेसकाे समर्थन जसलाई हुन्छ, उसैकाे सरकार बन्ने देखियाे कांग्रेसकाे समर्थन जसलाई हुन्छ, उसैकाे सरकार बन्ने देखियाे २ दिन पहिले
दोस्रो पटक आमा बनेकी करिना कपुरले छोरालाई जन्म दिईन् दोस्रो पटक आमा बनेकी करिना कपुरले छोरालाई जन्म दिईन् ५ दिन पहिले