मंगलबार , फागुण २५, २०७७

आजदेखि रिट निवेदकहरूले जवाफ दिने

आजदेखि रिट निवेदकहरूले जवाफ दिने

३० माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि रिट निवेदकहरूले जवाफ दिने छन् ।

कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटको विरुद्धमा ‘सरकारको प्रतिरक्षामा’ गतको माघ १९ गतेदेखि कानुन व्यवसायीहरूले बहस सुरु गरेका थिए । उक्न बहस बिहीबार सकिएको छ । त्यसअघि रिट निवेदकहरूका वकिलले बहस गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयको खारेजी र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित १५ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? २१ घण्टा पहिले
बागलुङ–पर्वतः झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध, सात वर्षमा बने १८ नयाँ पुल बागलुङ–पर्वतः झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध, सात वर्षमा बने १८ नयाँ पुल १६ घण्टा पहिले
राष्ट्रिय गौरवका आयोजनाः चरम ढिलासुस्ती, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च राष्ट्रिय गौरवका आयोजनाः चरम ढिलासुस्ती, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च ११ घण्टा पहिले
हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध हुम्लामा निरन्तर हिमपात, हवाई उडान अवरुद्ध ७ घण्टा पहिले
वामदेवले एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने वामदेवले एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने ६ घण्टा पहिले
महानगरद्वारा ‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत महानगरद्वारा ‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत १७ घण्टा पहिले
सन्दर्भ: अन्तर्राष्ट्रिय नारी दिवस – नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी ! सन्दर्भ: अन्तर्राष्ट्रिय नारी दिवस – नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी ! ९ घण्टा पहिले