बुधबार , फागुण १९, २०७७

अफगान सेनाको कारबाहीमा १५ लडाकूकाे मृत्यु, ७ घाइते

अफगान सेनाको कारबाहीमा १५ लडाकूकाे मृत्यु, ७ घाइते

३० माघ, काबुल । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ ।

सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय