शनिबार , फागुण १५, २०७७

कपाल प्रत्यारोपण सेवा दिदै चितवन मेडिकल कलेज

कपाल प्रत्यारोपण सेवा दिदै चितवन मेडिकल कलेज

३० माघ,चितवन । चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । कलेजले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो । विगत पाँच वर्षदेखि कपाल र छालासम्बन्धी सेवा दिँदै आएको कलेजले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार भारतको चण्डीगढ़मा छाला तथा कपालसम्बन्धी विषयमा स्नातकोत्तर गरेर आएकी डा श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्नेछ । कपाल, छाला एवं यौन रोग विशेषज्ञ डा उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने बताएकी छिन् ।

उनका अनुसार कलेजले ल्याएको प्रविधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो । रोपेको जति शतप्रतिशत कपाल बाँच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबै जनाले यो प्रविधि नै रोज्ने गरेको डा उप्रेतीको भनाइ छ ।

चितवन मेडिकल कलेजले केही समय अघि अत्याधुनिक स्प्याक्टसिटी मेसिनसमेत भित्र्याएको छ । उक्त मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवासमेत शुरु भएको छ । कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलोपटक आफूले शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय