
३० माघ,काठमाडौं । गायक सिडी बिजय अधिकारीको शब्द र संगीतमा रहेको गीत दुरी मजबुरी बजारमा आएको छ । Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले बिश्वचर्चित ट्युनमा उक्त गितको म्युजिक भिडियो बनाएको हो ।
उक्त गितमा गायक सिडी बिजय अधिकारी र गायिका प्रबिशा अधिकारीले स्वर दिएका छन् । इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेका छन् ।
म्युजिक भिडियोको निर्देशन भने उत्तम श्रेष्ठ शिशिर ले गरेका छन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । त्यस्तै छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको रहेको छ भने सम्पादन अमृत चापगाइँले गरेका छन् ।
प्रतिक्रिया