शुक्रबार , फागुण १४, २०७७

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

३० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् ।

आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानु भएको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस ‘कोभिड–१९’ को कारणले भारत गएका हुन् । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी  भारत गएका हुन् ।

jal 1

स्वकीय सचिव भट्टराईका अनुसार उनी आजै नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका  । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय