५ बर्षभन्दा कम उमेरका २० लाख बालबालिका भोकमरीमा
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शनिबार ३:३९:४३
३० माघ, कायरो । द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।
लामो समयदेखिको द्वन्द्वका कारण अति गरिव मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।
यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ । भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्वन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।
“अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नु पर्ने भएको छ,” विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने । उनले सार्वजनिक गरेको तथ्य तथा विवरणहरु खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार