आइतबार , फागुण १६, २०७७

कस्तो छ तपाईको फागुन महिनाको राशीफल ?

कस्तो छ तपाईको फागुन महिनाको राशीफल ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- महिनाभर लाभभावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । राजनीतिकर्मी, खेलाडी, पत्रकार तथा बिद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । अग्रज तथा आफन्तबाट तपाईको काममा सहयोग तथा आशीर्वाद प्राप्त हुनेछ । पैत्रिक धनसम्पतिको प्रयोग गरी प्रशस्त लाभ लिन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ भने, मानसम्मान, ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ भने, प्राकृतिक स्रोतसाधन जस्तै खनिज पदार्थ, तरल पदार्थको कारोबारबाट मनग्गे धनसम्पति आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभुषण प्राप्तिको गतिलो योग रहेको छ । तपाईको कार्यकुशलताको सबैले तारिफ गर्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनामा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा तथा परिणाममुखी कार्य सकिने छ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन, कला तथा साहित्य क्षेत्रमा लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

राज्यभावमा महिनाभरनै गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले शिक्षा क्षेत्र, बैंक तथा बित्तीय क्षेत्र र शेयरबजारको कारोबार फस्टाएर जानेछ । स्कुल तथा कलेजमा लगानी गर्नेहरुले भनेजस्तो प्रतिफल प्राप्त नभएपनि पहिलाको भन्दा सुधार भएर जानेछ । दोस्रो सातासम्म मंगलको अनुकुल प्रभाव रहने हुनाले फौजी क्षेत्रमा काम गर्न चाहनेहरुले नोकरी पाउने र काम गरिरहेकाहरुले बढुवा वा मानसम्मान पाउनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- महिनाभर राज्यभावमा गोचर गर्ने सूर्यले नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने, यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मानसम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जाने छ ।

राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्चपद पाउने गतिलो योग रहेको छ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीतिशास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । कला साहित्य तथा गीत संगीतमा बिशेष रुचि बढ्नेछ ।

पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मातापिता तथा अग्रजबाट आशीर्वाद तथा सहयोग पाईनेछ ।

विशेष गरी खनिज पदार्थसँग सम्बन्धित कामहरु र जग्गाजमिनको कारोबार गर्नेहरुका लागि समय उत्तम रहने छ । राशीमा गोचर गर्ने राहु र पारिवारिक सम्बन्धको भावमा गोचर गर्ने केतुको प्रभावले मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । घर परिवारमा विशेष गरि पतिपत्नीबीच घरायसी कुरामा राय बाजिनेछ ।

भाग्यभावमा गोचर गर्ने बृहस्पति र शनिको प्रभाव अनुकुल रहनेछ । जसको प्रभावले लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । कमर्श, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रबाट बिशेष फाईदा हुनेछ । फिल्म, मोडलिङ, फेशन डिजाईनिङ, गल्यामरस् जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलाशी जीवन व्यतित हुनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :-  भाग्यभावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घरगृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ ।

श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धि समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले बिशेष ख्याल गर्नुहोला । तरपनि संघर्षका बावजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरुकाे बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशीर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।

बुध, शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहने छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग रहनेछ भने छोटोदुरीको रमाईलो यात्राको तय हुनेछ । बैंक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धनलाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।

मिथुन राशी हुनेहरुका लागि महिनाभरनै शनिको अढैयाँ दशाको प्रभाव रहने छ । जसको प्रभावले दीर्घरोग जस्तै प्रेसर, सुगर, नसा सम्बन्धी समस्या भएकाहरु र प्यारालाईसिस सम्बन्धी समस्या भएकाहरुले विशेष ध्यान दिनुहोला । सवारीसाधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घट्ना नहोला भन्न सकिन्छ ।

कष्टभावमा गोचर गर्ने बृहस्पती र खर्चभावमा गोचर गर्ने राहुको प्रभावले घरपरिवारमा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । शैक्षिक वा धार्मिक यात्रा कष्टकर नहोला भन्न सकिन्न । सञ्चार जगतमा, ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाईनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेण्ट, व्यापार, हाँस्यव्यङग्य, कलाकार, लेखक, साहित्यकार, राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम रहेको छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  महिनाभर कष्टभावमा गोचर गर्ने सूर्यले स्थायी सम्पतिमा विवाद आउने योग रहेको छ भने दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । घरपरिवारका आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धि समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरुले बिशेष ख्याल गर्नुहोला ।

राजनीति तथा समाजसेवामा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । तरपनि महिनाभर नै मंगल, बृहस्पति , बुध र शुक्रको अनुकुल प्रभावले व्यापार व्यवसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ ।

एकल तथा साझेदारी व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्नेहरुका लागि नोकरीमा बढुवा र सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । लेखन, कला साहित्यमा बाँकी रहेका कामहरुलाई फत्ते गरि नाम तथा दाम कमाउन सकिने छ ।

नसोचेको धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पतिको प्रयोग परिचालनमार्फत मनग्गे धनआर्जन गर्न सकिने छ । कृषि तथा पशुपालन, बैंक तथा बित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । टेक्नीकल बिषय वा कानुनको अध्ययन गर्ने बिद्यार्थीहरुका लागि महिना उत्तम रहेको छ भने उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्रस्थानमा आउनेछ । पानीसँग सम्बन्धित काम जस्तै जलसेना, हाइड्रो ईन्जिनियर, पौडीबाज,तेल प्रशाेधन, खेतीपाती, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ, ध्यान दिनुहोला । घरपरिवार तथा जीवनसाथीसँग राय बाजिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

तरपनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोतसाधनको प्रयोगबाट असीमित आवश्यकताहरू पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहने छ । छोटो वा लामोदुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभासमारोहमा आफन्त तथा साथीहरुसँग सहभागी भई मिठा परिकार खादै रमाईलो गफ गरेर महिना कटाउन सकिने छ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाईलेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ ।

प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र बृहस्पतीको अनुकुल प्रभाव रहनेछ । निर्माण सामाग्री, अटो पार्टस्, खनिज पदार्थ, प्राकृतिक स्रोतसाधनको व्यापार व्यवसाय गर्नेहरुका लागि समय राम्रो रहेको छ । काम वा अध्ययनको सवालमा लामोदुरीको यात्राको तय गर्न सकिनेछ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा संगठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिर्चस, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- छैटौं भावमा महिनाभर नै गोचर गर्ने सूर्यले साहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । अदालत तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । मातापिता तथा मावली पक्षबाट आशिर्वाद पाईनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । थाती रहेको तथा अल्झेर बसेका कामधन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोशजाँगर बढेर आउनेछ ।

पढाईलेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईँको नाम अग्रस्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । खनिज पदार्थ, खाद्यान्न, औषधी तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ । बैंक तथा बित्तीय क्षेत्रमा र शिक्षा क्षेत्रमा लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

बिद्या भावमा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले अध्ययन वा कामको सवालमा लामोदुरीको यात्राको तय गर्न सकिनेछ । टेक्नीकल विषयसँग सम्बन्धित अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । व्यापार व्यवसाय, बाणिज्य, लेखन, कला, साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या राशी भएका व्यक्तिहरुले आफुलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन, अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापन आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- सन्तान तथा बिद्याभावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाव बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयरबजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट, आँखा तथा टाउकोमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोगी जस्तै सुगर, प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ ।

तुला राशी हुनेहरुका लागि महिनाभर नै शनिको अढैया प्रभाव रहनेछ । घरजग्गा तथा सवारी साधनको प्रयोग वा परिचालन गर्दा ध्यान दिनुहोला । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । सामाजिक पदप्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । तरपनि महिनाभर नै बुध, शुक्र, मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ ।

राज्यसंयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थानमा र प्राईभेट कम्पनीहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ । लेखनकलाको माध्यमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ ।

अध्ययन तथा कामको शिलशिलामा लामोदुरीको यात्राको तय हुनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर, खगोल विज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :-  सुखभावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनेत गर्नुपर्ने भएकोले राजनीतिकर्मी, समाजसेवी तथा घरजग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्यम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारीसाधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

तरपनि महिनाभर नै बुध, शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत तथा पैत्रिक धनसम्पतिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । लेखनकलाको माध्यमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागी मनग्गे धनसम्पति जोड्न सकिने समय रहेको छ । बैंक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ ।

पराक्रमभावमा गोचर बृहस्पति र अन्य ग्रहको शुभ प्रभाव रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्वन्धित सामानको खरिदबिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । बैंक तथा बित्तीय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ । अध्ययनकै सवालमा छोटो वा लामोदुरीको यात्राको तय गर्न सकिने छ । जो व्यक्तिहरु कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर, आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुन्द्रसँग सम्बन्धित काम गर्नेहरुका लागि यो महिना उत्तम रहनेछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): –  धनु राशी भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अन्धबिश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखनकलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ ।

बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिने छ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ ।

मायाप्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । कलाकृर्तिसँग सम्बन्धित काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरपनि शनिको अन्त्य साढेसातीको प्रभाव महिना भरनै रहनेछ । धन सम्पति प्रयोग तथा परिचालन गर्दा वा सापटी दिदाँ ध्यान दिनुहोला ।

सवारीसाधन तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । बोल्दा वा कुनै कुराको निर्णय गर्दा आफन्त तथा अग्रजको सल्ला लिनु राम्रो रहने छ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ । धनसम्पति हराउने, लुटिने तथा स्थायी सम्पतिमा विवाद हुनसक्छ, ध्यान दिनुहोला ।

टाउको, आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । त्यस्तै शनिको मध्य साढेसातीको प्रभाव महिना भरनै रहने छ । आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जाने छ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सुन्नु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा, प्यारालाईसिस, ग्याष्ट्रिक तथा दीर्घरोगीहरुले बिशेष ख्याल गर्नुहोला ।

तरपनि बुध, शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धि हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । राशीमा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले उत्पादनमूखी, औषधीजन्य तथा शैक्षिक क्षेत्रको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

परराष्ट्र  तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । मायाप्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एकअर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

मार्केटिङ, बीमा, एकाउन्ट, बैंक तथा बित्तीय संस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, संचालक, म्यानेजर, अध्यक्ष, न्यायाधिश, ईन्जिनियर, ब्यवस्थापक,वा चीफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):-  यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ, ध्यान दिनुहोला ।

शनिको आधा शाढेसतीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा बिशेष गरी उच्च रक्तचाप, टाउको दुखाई, छात्ती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । विदेश जानेका लागि प्रोसेसिङ वा गलत व्यक्तिको चंगुलमा परिनेछ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।

तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तिको योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

औषधी, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको कारोबारमा बृद्धि हुनेछ । यो महिना सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहनेछ । लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भुउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि पनि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-  यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ, ध्यान दिनुहोला । बुवा वा अग्रजको सल्लाह र सुझावलाई वेवास्ता गर्दा दुःख पाईनेछ । स्वास्थ्यमा समस्या आई अस्पताल धाउनु पर्ने बाध्यता आईपर्नेछ ।

तरपनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तिको योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । महिनाभर नै लाभभावमा गोचर गर्ने शनि र बृहस्पतिको अनुकुल प्रभावले औषधि, निर्माण सामग्री , हार्डवयेर, अटो पार्टस् र दैनिक उपभोग्य वस्तुको कारोबारमा बृद्धि हुनेछ ।

प्राकृतिक स्रोतसाधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिश, वकिल तथा विद्यार्थीहरुका लागि समय फलदायी रहनेछ । लेखन, साहित्य, कविता, कला तथा साहित्य, मनोरञ्जन, हाँस्यबिधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा काम गरी नाम कमाउने समय रहेको छ । तपाईको महिना दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय