
१ फागुन, काठमाडौं । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको हो ।
बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको छ । गत महिना पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ ।
अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको छ ।
प्रतिक्रिया