शनिबार , फागुण १५, २०७७

शे–फोक्सुण्डोको श्री एयरलाई निर्देशन

शे–फोक्सुण्डोको श्री एयरलाई निर्देशन

१ फागुन, डोल्पा । डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

धो क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो । सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुका कारण केहो भनेर पत्रमा खुलाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ । सात दिनभित्र स्पष्ट जवाफ पेश नगरे कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ ।

श्री एयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो । ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खानै नपुग्ने चिया श्रमिकको ज्याला खानै नपुग्ने चिया श्रमिकको ज्याला १३ घण्टा पहिले
क्यालिफोर्नियामा कोभिडबाट ५० हजार भन्दा बढीको मृत्यु क्यालिफोर्नियामा कोभिडबाट ५० हजार भन्दा बढीको मृत्यु १५ घण्टा पहिले
महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? महिला लघुवित्तको आईपीओ आज बाँडफाँड गरिदै, यी तीन ठाँउबाट नतिजा हेर्न सकिने ? २१ घण्टा पहिले
मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने मानव बस्तिलाई मध्यनजर गर्दै तनहुँ  आयोजनाले तटबन्धन गर्ने १२ घण्टा पहिले
प्रहरीका ११ एसपीको सरुवा, काे-कहाँ पुगे ? प्रहरीका ११ एसपीको सरुवा, काे-कहाँ पुगे ? ८ घण्टा पहिले
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर ! कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर ! १८ घण्टा पहिले
भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु १५ घण्टा पहिले
निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड १८ घण्टा पहिले