बुधबार , फागुण १९, २०७७

स्मृति पत्रकारिता पुरस्कारबाट सेनानी शर्मा पुरस्कृत

स्मृति पत्रकारिता पुरस्कारबाट सेनानी शर्मा पुरस्कृत

२ फागुन, पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशनका अवसरमा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा सम्मानित भएको छ । शर्मालाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट रु ५१ हजारसहित पुरस्कृत गरे।

कार्यक्रममा सभामुख अधिकारीले पत्रकार जगतले सत्य र सही सूचना सम्प्रेषण गरेर समाज रुपान्तरण गर्नुपर्ने बताए । उनले पछिल्लो समयमा सत्य र तथ्य तोडफोड गरेर अफवाह फैलाउने काम भइरहेको जनाउँदै पत्रकारले सत्य समाचारमा जोड दिएर गालीगलोजको पत्रकारिता त्याग्नुपर्ने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सम्मानित पत्रकार शर्माले पत्रकारिता क्षेत्रमा ५० वर्ष बिताएको अनुभव सुनाउँदै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिता पालन गर्नुपर्ने बताउँदै पत्रकारले कोही कसैको व्यक्तिगत चरीत्र हत्या गर्ने र जनतालाई दिग्भ्रमित गर्ने समाचार सम्प्रेषण गर्न नहुने धारणा राखे ।

पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारको हकहितका लागि निरन्तर लडेको उल्लेख गर्दै पेशागत मर्यादामा सबै पत्रकार बस्नुपर्ने बताए । पुरस्कार अक्षयकोषका संरक्षक गोपी भट्टराईले समाज रुपान्तरणमा भुमिका खेल्ने पत्रकार जगतप्रति केही गर्न चाहना बुबाको रहेकाले उनको चाहनाअनुसार अक्षयकोष स्थापना गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय