चितवनमा घट्यो सुन्तलाको उत्पादन
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २०:१२:३१
२ फागुन,चितवन । चितवन– पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष ९३ दशमलब ५३ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यसवर्ष जिल्लामा एक हजार ८१९ दशमलब ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
गत वर्ष सोही क्षेत्रफलमा एक हजार ९१० दशमलब ४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले बताएकी छिन् ।
उनका अनुसार भरतपुर महानगरपालिका–२९ कविलास क्षेत्रमा लगाइएको सुन्तलालाई असिनाले असर गरेकाले उत्पादनमा कमी आएको हो । असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । कार्यालयका प्रमुख राजन ढकालले सुन्तलामा लाग्ने रोगका विषयमा कृषकलाई जानकारी गराउँदा पनि रोकथामका विधिको प्रयोग कम भएका कारण उत्पादनमा कमी आएको बताएकी छिन् । सुन्तलाको उत्पादन बढाउनका लागि कृषकले मलखात, गोडमेललगायतमा ध्यान दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
सुन्तलाको गोलमेल, झार र कीराको व्यवस्थापन जस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । जिल्लालाई तराईको जिल्ला भनेर चिनिने भए पनि यहाँको पहाडी क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिकामा सुन्तलाखेती गरिँदै आएको छ । कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्र पनि सुन्तलाका लागि उपयुक्त मानिन्छ । बिहानदेखि बेलुकासम्म घामको किरण पुग्ने पूर्व फर्किएको ठाउँमा फलेको सुन्तला स्वादिष्ट मानिन्छ । बजार क्षेत्रमा जिल्लाकै सुन्तलालाई पनि गोरखाको मनकामनाको सुन्तला भन्दै बिक्री गर्ने गरेको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार