सोमबार , फागुण २४, २०७७

कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर बेचबिखन

कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर बेचबिखन

३ फागुन, काठमाडौं । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो ।

कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताए ।

त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मंसिर ३० मा नेपाल फर्कन सफल भएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनीमा आंशिक बदली आज सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनीमा आंशिक बदली ४ हप्ता पहिले
अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम २ हप्ता पहिले
खै त तुइन विस्तापित गरेको ? खै त तुइन विस्तापित गरेको ? ४ हप्ता पहिले
कांग्रेस नेकपाका दुवै समूहसँग तत्काल मौन रहने कांग्रेस नेकपाका दुवै समूहसँग तत्काल मौन रहने १ हप्ता पहिले
झापामा पुरुषमाथि अप्राकृतिक करणी, प्रहरीद्धारा आरोपीलाई उन्मुक्ति झापामा पुरुषमाथि अप्राकृतिक करणी, प्रहरीद्धारा आरोपीलाई उन्मुक्ति ३ हप्ता पहिले
आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण २ हप्ता पहिले
धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख २ हप्ता पहिले
प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिँदैछ ब्याज ? प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिँदैछ ब्याज ? ३ हप्ता पहिले