
३ फागुन, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको मुनाफामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३१.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४४ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको ब्याज मुनाफा बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण मुनाफामा सुधार देखिएको हो।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२५.२० गुणा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ।
प्रतिक्रिया