शुक्रबार , फागुण १४, २०७७

कार्यकर्तालाई थापाले भने, ‘अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्’

कार्यकर्तालाई थापाले भने, ‘अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्’

३ फागुन, हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।

कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्बसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।

कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय