मंगलबार , फागुण १८, २०७७

असन्तुष्ट पक्षले जिल्ला सभापति भेला बोलाएकै दिन देउवाले डाके बैठक

असन्तुष्ट पक्षले जिल्ला सभापति भेला बोलाएकै दिन देउवाले डाके बैठक

३ फागुन, काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले आज देशैभरी विरोधसभाको आयोजना गरी प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन प्रतिगमनकै कदम भएको सन्देश दिएको छ । यद्यपि पार्टी सभापति शेरबहादुर देउवा भने ओलीसँग समदूरी नै राख्दै सहकार्यको पक्षमा समेत तयार रहेको देखिन्छ ।

धेरैले कांग्रेसको अनिर्णय र अन्योलले नै ओली सरकारविरुद्धको आन्दोलन निर्णायक हुन नसकेको आरोप लगाउने गरेका छन् । हुनपनि कांग्रेस मन वचनले सडक आन्दोनमा सरिक भएकै छैन । त्यसैले आज राजधानीमा भएको विरोधसभामा सहभागीको संख्या पनि पातलै देखिएको हो । देशैभरीको अवस्था यस्तै छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सभापति देउवा कांग्रेस कुन बाटोमा जाने भन्ने विषयको छिनोफानो तत्कालै गर्ने पक्षमा नरहेको प्रष्टै छ । उनले प्रतिनिधिसभा विघटनबारे सर्वाेच्चले गर्ने निर्णय नै कुरेको बुझ्न सकिन्छ । सर्वाेच्चले गर्ने फैसलाका आधरमा अगाडि बढ्ने सोच देउवाको छ ।

यही कारण कांग्रेसको आगामी १४ औं महाधिवेशनसमेत अनिश्चित बनेको छ । आउने शुक्रबार अर्थात फागुन ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तय भएको हो । तर तयारी भने शून्य छ । यसको मतलब निर्धारित समयमा महाधिवेशन हुनेवाला छैन । केवल चार दिन बाँकी छ, तर निर्धारित महाधिवेशन स्थगित गरिएको छैन् ।

देउवा नयाँ मिति तोक्न इच्छुक छैनन् । उनी सर्वाेच्चको फैसलापछि मात्रै यसबारे निर्णय गर्ने पक्षमा छन् । सकेसम्म विघटन सदर होस् र चुनावमा जाने वातावरण बन्यो भने पार्टीमा आफ्नो हालीमुहाली बढ्ने र त्यसपछि महाधिवेशन गर्दा फाइदा पुग्ने अनुमान देउवाको छ ।

तर संस्थापन इतर पक्ष भने त्यो चाहँदैन । देउवालाई कमजोर बनाउन संसद् पुनस्थापना हुनैपर्ने उनीहरु चाहन्छन् । त्यसो हुँदा देउवा संसदीय प्रकृयामा व्यस्त रहने र आफूहरु महाधिवेशन केन्द्रित हुन बल पुग्ने बुझाई इतर पक्षको रहेको छ ।

त्यही लडाईंमा दुबै पक्षले महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्न अनिच्छा देखाएका हुन् । राजनीतिक रुपमा देउवालाई दोषी देखाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हिजो रणनीतिक निर्णय ग¥यो । सभापतिले कार्यसमिति बैठक नै नडाकी ६ महिना पदावधि थप्न लागेको भन्दै जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरेको थियो ।

पर्सी फागुन ५ गतेका लागि भेला बोलाउने निर्णय भयो । तर यसैबीच देउवाले समेत अर्काे चाल चलेका छन् । उनले पनि जिल्ला सभापतिको भेला बोलाएकै दिन केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।

रणनीतिक रुपमा आफू बलियो बन्नका लागि कांग्रेसमा दुबै पक्षले चाल चलेका छन् । तर यसको छिनोफानो भने फेरि पनि सर्वाेच्च अदालतको फैसलाले मात्रै दिने देखिन्छ । यद्यपि पर्सी बस्ने कार्यसमिति बैठकले फागुन ७ गते महाधिवेशन गर्न नसकिने भन्दै स्थगित गर्ने निर्णय चाहिं अवश्य पनि गर्ला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय