बिहिबार , फागुण १३, २०७७

राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

३ फागुन, मेलबोर्न । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।

नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए ।

महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।

क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख भन्दा बढी ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख भन्दा बढी ३ हप्ता पहिले
रामकोटमा सूचना लिन कटुवाल परम्परा कायमै रामकोटमा सूचना लिन कटुवाल परम्परा कायमै ४ हप्ता पहिले
लक्ष्मी बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा लक्ष्मी बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा २ हप्ता पहिले
शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई पोशाक वितरण शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर, १२० जनालाई पोशाक वितरण ४ दिन पहिले
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण ३ हप्ता पहिले
अर्धवार्षिक समीक्षाः प्रदेश बजेट खर्च न्यून, कुनको कति ? अर्धवार्षिक समीक्षाः प्रदेश बजेट खर्च न्यून, कुनको कति ? २ हप्ता पहिले
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दतिमा ७ प्रतिशतसम्म ब्याज दिने नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दतिमा ७ प्रतिशतसम्म ब्याज दिने ३ हप्ता पहिले
वाङ्मय शताब्दी पुरुष जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा वाङ्मय शताब्दी पुरुष जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा ३ हप्ता पहिले