आइतबार , फागुण १६, २०७७

पार्टीको विधानको रक्षा गर्नु कांग्रेसको मुख्य चुनौती : नेता केसी

पार्टीको विधानको रक्षा गर्नु कांग्रेसको मुख्य चुनौती : नेता केसी

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे ।

संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उनले उल्लेख गरे । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उनको भनाइ थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कांग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उनले स्पष्ट पारे । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु कांग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको स्पष्ट पारे । कांग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राखे ।

बैतडी : कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सिङ्गो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताए । आज सदरमुकामस्थित गोठलापानीमा कांग्रेसले आयोजना गरेको विरोधसभामा उनले भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको बताए।

प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरुले अहिले आन्दोलन नगरेको बताए । केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ उनले भने, “यसअघि गृह मन्त्रीलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौँ, उनले छिट्टै दोषी पत्ता लाग्ने बताए ।”

यस्तै,  दार्चला – कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नयाँ नक्शाअनुसारको भूमि नेपालमा ल्याउन सरकारलाई आह्वान गरे । दार्चुलामा आज आयोजित विरोधसभा नेतृ संग्रौलाले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा ल्याएर सस्तो लोकप्रियता कमाउनुभन्दा भूमी फिर्ता ल्याएर सीमाका नागरिकलाई गर्व महसुस दिलाउन सरकारसँग आग्रह गरे । उनले भने, “देशका भू–भाग र सीमा रक्षाका बारे कांग्रेस स्पष्ट, छ र सरकार पनि स्पष्ट हुनुपर्छ ।”

चितवन–नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताए । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए। संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।”

नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताए । सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताए । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय