बिहिबार , फागुण १३, २०७७

निर्वाचन आयोगप्रति देउवा खनिए

निर्वाचन आयोगप्रति देउवा खनिए

३ फागुन, बुटवल । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको अकर्मण्यताले आगामी निर्वाचन नै अनिश्चिबनेको आरोप लगाएका छन् । पार्टीले आजआयोजना गरेको विरोधसभामा बोल्दै सभापति देउवाले भने–संविधानमा प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र नयाँ निर्वाचन गरिसक्नुपर्ने भनेको छ, सोहीबमोजिम बैशाख १७ र २७ गते मिति तोकिएकोछ, तर आयोग भने कानमा तेल हालेर बसेको छ ।

नेकपाको आधिकारिकता र चुनाव चिह्नबारे निर्णय नगर्दा सम्म निर्वाचन अनिश्चित हुनेमा जोड दिंदै सभापति देउवाले अहिले सम्मयसबारे कुनै निर्णय नगरेर चुनाव नै नगर्ने नियत आयोगले देखाएको आरोप लगाए । सरकार बैशाखमा चुनाव भइ छाड्ने रटान लगाइरहेको छ, तर आयोग भने त्यसको वातावरण बनाउन भन्दा विगार्न उद्यत् देखिएको छ, यस्तो भएपछि कसरी निर्धारित समयमा चुनाव होला ? देउवाले प्रश्न गरे । जबसम्म नेकपाको आधिकारिकता टुंगो लाग्दैन चुनाव गर्न गाह्रो हुनेछ, त्यसैले यसबारे तत्कालै निर्णय गरियोस् – सभापति देउवाले भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निर्वाचन आयोग पनि सर्वाच्चको फैसला कुरेर बसेको जस्तो लागेको आशंका व्यक्त गर्दै उनले आयोगले निर्वाचनको तयारी गनुपर्ने माग राखे । आयोगले निर्धारित समयमै चुनावगर्ने प्रतिवद्धता जाहेर गर्नुपर्ने भन्दै सभापति देउवाले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरे ।

deuba 1

यस्तै सर्वाेच्च अदालतमा विचाराधीन मुुद्धामा कांग्रेस निरपेक्ष रहेको समेत सभापति देउवाले प्रष्ट पारे । हामी पुनस्थापना भएपनि मान्छौं, सदर गरी चुनाव गराउन भने पनि तयार छौं, तर अदालतलाई यसो गर उसो गर भनेर धम्क्याउने काम गर्दैनौं– देउवाले भने ।

deuba 2

 

deuba 4

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय